मिसन सामाचारदाता कोहलपुर पुस, ०५ / अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा मानव अधिकार रक्षकहरुका लागि तथ्य सङ्कलन र क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने तालिम मंगलबार देखि शुरू भएको छ ।
इन्सेक क्षेत्रीय संयोजक भोला महतले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । संयोजक महतले तालिमले मानव अधिकार सम्बन्धी सबबैको साझा बुझाई हुने र काम गर्दा समेत सहज हुने बताए ।
मानव अधिकारको अवधारणमा इन्सेक सुदुर पश्चिम संयोजक खडकराज जोशी, मावन अधिकारको पैरवीमा मानव अधिकार रक्षकहरुको भूमिकामा संयोजक भोला महत, नेपालको संविधान र मौलिक हक र सिमान्तकृत समुदायका अधिकारका विषयमा अधिवक्ता लोकबहादुर शाह, तथ्य संकलन गर्ने विधि तरिका र प्रलेखका विषयमा अधिवक्ता बसन्त गौतम, मानव अधिकार अनुगमन र प्रलेखिकरणका विषयमा इन्सेकका नारायण सुवेदीले सहजीकरण
गर्ने छन् । पुष ६ गते सम्म सञ्चालन हुने तालिममा कैलाली, कञ्चनपुर , दाङ, बाँके, बर्दिया र सुर्खेत जिल्लाका २५ जना सञ्चारकर्मी, मानव अधिकारकर्मीहरुको सहभागीता रहेको छ ।
प्रकाशित मिति : २०७४ पुस ५ गते बुधबार









प्रतिक्रिया दिनुहोस्