दाइजाे नल्याएकाे भन्दै घरबाट निकालेर गाेठमा बास



सात जुनी संगै बस्ने भन्दै भित्र्याएकी श्रीमतीलार्इ ७ महिना नबित्दै घरबाट निकाले श्रीमानले

 उर्लाबारी / देशका धेरैजसो स्थानहरूमा दाइजो बिरोधी बिबाह भइरहेका बेला मोरङको उर्लाबारीमा भने दाइजो नल्याएको भन्दै एक महिलालार्इ घरबाट निकाला गरीएकाे छ । सात जन्म साथ दिने प्रण गरी विवाह गरेर ल्याएको ७ महिनामा नै उर्लाबारी–२ भुसीकी गीता पौडेललार्इ घर निकालागरीएकाे हाे । १८ वर्षीय गीताको गत बैशाखमा चन्द्रबहादुर पौडेलसँग विवाह भएको थियो ।

एसइइ दिएर उच्च शिक्षाको तयारीमा रहेकी गीतालाई पौडेलका बुवा तुलबहादुर लगायत घरपरिवारले विवाहको समयमा दाइजो नचाहिने बताएका थिए । तर, असारमा तुलबहादुरको निधन भएपछि सासु र श्रीमान्ले उनलाई मानसिक यातना दिन थालेका थिए । पौडेल परिवारले उनलाई यातना दिनुका साथै भैसीगोठमा राखेका थिए ।

पीडित गीताले माइतमा फोन सम्पर्क गर्न नदिने, धम्क्याउने, कुटपिट गर्ने गरेको बताइन् । उनले आफूलाई अन्याय भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरिन् ।उता, छोरीलाई घर निकाला गरेर पशुसरह गोठमा राखिएको खबरपछि माइतीपक्ष पुग्दा उनीहरूमाथि नै घरपरिवारले विभिन्न लाञ्छना लगाएको पीडित पक्षको भनाइ छ । हाल गीता उर्लाबारी–४ स्थित माइतमा आश्रय लिएर बसेकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ३ गते सोमबार