मिसन सामाचारदाता, पुस ०३/ किसानहरुले कृषि उत्पादनको विषयमा अवलोकन भ्रमण तथा अनुभव आदनप्रदान गरेका छन । राप्ती सोनारी गाउँपालिकाको विनौना १ शान्तिपुर र बजैनाथ गाउपालिका टिटिरिया ८ मा कृषि अवलोकन भ्रमण गरिएको थियो ।
युरोपियन युनियन तथा डय्न चर्च एड को सहयोग तथा क्षेत्रीय खाद्य सुरक्षा परियोजना अन्तरगत नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाकेको आयोजनामा सो कृषि अवलोकन तथा भ्रमण कार्यक्रमको आयोजना गरिएको थियो । भ्रमणमा टिटिहिरिया, महादेवपुरी, चिसापानी, नौवस्ता तथा विनौनाका किसान समुहका करिव २१ बढी अगुवाहरुको उपस्थिति रहेको परियोजनाका फिल्ड अधिकृत लक्ष्मण विकले जनाकारी गराएका छन् ।
विनौना १ शान्तिपुरमा गौड्यौला मल प्रदर्शन को अवलोकन गरेको थियो । उक्त अवलोकनमा उपस्थित किसान अगुवाहरुले गौड्यौला मल उत्पादन गर्दै आएकी किसान धनी वलीले कसरी गड्यौलाको सहयोगबाट मल उत्पाद गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराएकी छन् । उपस्थित किसानहरुले जिज्ञासाहरुले यस बारे जिज्ञाशा राखेका थिए । यसै गरी उक्त अवलोकन टोलीले बजैनाथ गाउँपालिका टिटिरियामा रहेको आलुखेतीको अवलोकन गरेको परियोजनाका फिल्डअधिकृत विकले जनकारी गराए । भ्रमणबाट आफुहरुमा अझै खेतिकिसानी प्रतिको मोह बढेर आएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । अवलोकन भ्रमणको संयाजन परियोजनाका कार्यक्रम संयोजक पे्रम बहादुर विकले गरेका थिए । अवलोकनमा जानकी गाउँपालिका कृषि प्राविधिक अमरराज आर्चाय, सोही गाउँपालिकाका पशु प्राविधिक दिल बहादुर खड्का, तथा डुडुवा गाउँपालिकाका कृषि प्राविधिक निर्मल रेग्मीले समेत सहजीकरण गरेका थिए । अवलोकन भ्रमण आइतबार समापन भएको परियोजनाका फिल्ड अधिकृत विकले जानकारी गराएका छन् ।
प्रकाशित मिति : २०७४ पुस ३ गते सोमबार









प्रतिक्रिया दिनुहोस्