नेपालगञ्जमा सुरेन्द्र हमालको विजय ¥याली



मिसन सामाचारदाता/ कोहलपुर, २८ मंसिर, यही मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेपाली काँगे्रसका उम्मेदवारहरुमा बाँके क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार सुरेन्द्र हमालले मात्र विजय प्राप्त गर्न सफल भएका छन् । जिल्ला बाँकेबाट निर्वाचित पार्टीका एक मात्र प्रदेश सभा सदस्य सुरेन्द्र हमालको विजयको उपलक्षमा नेपाली कांग्रेस बाँकेले बुधबार नेपालगञ्जमा बिजयी ¥याली निकालेको हो ।
नेपालगञ्जमा आयोजित विजयी ¥याली पश्चात स्थानीय सहिद सेतु बिक चोकमा भएको कोण सभालाई सम्बोधन गर्दै हमालले काँग्रेसको संगठन मजबुत रहेकाले चुनावी परिणामबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरे । नेपालगञ्जको गणेशमान चोकबाट निकालिएको विजय ¥याली सुर्खेतरोड हँुदै सहिद सेतु बिक चोकमा पुगेर समापन भएको थियो । ¥यालीमा नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ता सहभागी भएका
थिए । पुर्व ओलम्पियन समेत रहेका हमालले हालै सम्पन्न निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धी संघिय समाजवादी फोरमका दुर्गेश बैश्यलाई पराजित गरी विजयी भएका हुन ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २८ गते बिहीबार