आज उपराष्ट्रपतिद्वारा शैक्षिक महोत्सवको उद्घाटन गरिने



मिसन सामाचारदाता/ कोहलपुर, २८ मंसिर, “ सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान ” भन्ने नारा सहित आज देखि नेपालगञ्जमा शुरु हुन लागेको “ आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७४” को उद्घाटन सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले गर्दै छन् । विहान ११ बजे महोत्सवको उदघाटन गर्ने कार्यक्रम रहेको महोत्सव आयोजक प्रचार–प्रसार उपसमिति संयोजक वसन्त लामिछानेले बताए । आगामी पुष ५ गतेसम्म नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा सञ्चालन हुने महोत्सव भव्य र सभ्य हुने आयोजकले दावी गरेका छन् । ं
महोत्सव मूल आयोजक समितिका संयोजक वुद्धि प्रसाद अधिकारीले महोत्सवको भव्य तयारी भएको र त्यसको औपचारिक उद्घाटन उपराष्ट्रपतिबाट हुने जानकारी गराए । अधिकारीले महोत्सवले बाँके मात्र नभई यस आसपासका जिल्लाहरु सँगै सिङ्गो पश्चिम नेपालमै ‘पडौं र पढाऔं’ संस्कृतिको विकास गराई सभ्य एवं शालिन समाजक निर्माणको अभियानमा एउटा कोशे ढुङ्गा सावित हुने विश्वास लिएको बताए । महोत्सव उद्घाटन पूर्व विहान ९ बजे नेपालगञ्जको धम्बोझी देखि रथयात्रा सहितको ¥याली घरबारीटोल,बागेश्वरी मन्दिर, त्रिवेणीचोक, न्यरोड, पुष्पलालचोक हुँदै सडक डिभिजन परिसरमा रहेको महोत्सव स्थलमा पुगेर औपचारिक कार्यक्रममा परिणत हुने छ । उद्घाटन कार्याक्रममा शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तित्वहरुलाई सम्माननीय उपराष्ट्रपतिबाट सम्मान गराइने महोत्सव मूल आयोजक समितिका संयोजक बुद्धि बहादुर अधिकारीले बताए ।
करिब २ लाख दर्शक एवं साहित्यपे्रमीहरुलाई अवलोकन गराउने लक्ष्य सहित आयोजना गरिएको “ आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७४” १ सय ४० भन्दा बढी स्टलहरु रहेका आयोजकले जानकारी गराउको छ । स्टल निर्माण, बाल उद्यान निर्माण लगातका ुम्पूर्ण कामहरु पुरा भएको आयोजकले बताएका
छन् । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन, कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभागीताका लागि खाजाघर एवं प्राथमिक उपचार कक्ष राखिएकोे संयोजक अधिकारीले बताए । ।
महोत्सवका माध्यमबाट नेपालगञ्जको ऐतिहासिक पुरानो महेन्द्र पुस्तकालय लगायत पुस्तकालयहरुको प्रचारप्रसार गरी संरक्षण तथा सम्बद्र्धनमा ध्यानाकर्षण गराउने , पठन संस्कृतिको अभियानमा लागि पर्ने व्यक्ति, संघसस्थाहरुसँग सहकार्यमा सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै जिम्मेवार व्यवसायी संस्थाको रुपमा स्थापित गर्ने, व्यवसायीहरुको दक्षता र
क्षमता अभिवृद्धि गराई व्यवसायलाई प्रर्वद्धन गर्दै सामाजिक दायित्व
बोधका साथ सक्षम तुल्याउने लक्ष्य रहेको छ आयोजकले बताएका
छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २८ गते बिहीबार