कोहलपुर, २७ मंसिर / कोहलपुरमा मंगलबारदेखी संचालन भएको बुम अन्तर क्याम्पस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा जि.भि.एन. कलेज नेपालगञ्ज बिजयी भएको छ ।
प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा युनाईटेड युनियनलाई ५ विकेटले पराजित गर्दै जिभिएनले खाता खोल्न सफल भएको हो । टस जितेर पहिले मैदानमा उत्रिएको युनाईटेडले निर्धारित १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन जोड्न सफल भएको थियो ।
८१ रनको लक्ष्य पछ्याउँदै मौदानमा उत्रिएको जि.भि.एन. कलेजले १२ ओभरमै लक्ष्य हासिल गर्दै नजिता आप्mनो पक्षमा पार्न सफल भएको हो । टिमलाई जिताउने क्रममा जि.भि.एन. का जिवन राना मगरले २४ रन जोडेका थिए ।
खेलमा सर्वाधिक २४ रन जोड्नुका अलावा ३ विकेट लिएका मगरलाई म्यान अफ द म्याच घोषित गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत आज मोर्डन कलेजले भृकुटी कलेज नेपालगञ्जको सामना गर्ने आयोजक मध्यपशिच्म क्रिकेट क्लबले जनाएको छ ।
प्रकाशित मिति : २०७४ मंसिर २७ गते बुधबार









प्रतिक्रिया दिनुहोस्