भीम रावत / कोहलपुर, २५ मंसिर, बाँकेमा क्षेत्र नं. १ र ३ का सबै क्षेत्रहरुमा वाम गठबनधनमा उम्मेदवारहरु विजयी भएका छन् । प्राप्त पछिल्लो परिाणम अनुसार बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर जङ्ग गहतराज (अथक) विजयी भएका छन् ।
गहतराजले ३१, ४७३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका युवा नेता माधव राम खत्रीले २८,२१० तम प्राप्त गरे ।
क्षेत्र नं. १ प्रदेश सभा (क) मा माओवादी केन्द्रकी नेतृ कृष्ण के.सी. (नमुना) ले १३४३६ मत प्राप्त गरी विजयी भइन भने उनका निकटतम प्रतिस्पर्धी नेपाली
काँग्रेसका सरद बर्माले १०४२० मत प्राप्त गरेका छन् । प्रदेश सभा (ख) मा एमाले नेतृ आरती पोडेल विजयी भएकी छन् । उनले १९३८९ मत प्राप्त
गरेकी छिन भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायण प्रसाद गौडेलले १५१६९ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्र नं. ३ का सबै क्षेत्रमा पनि वामगठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । क्षेत्र नं. ३ प्रतिनिधि सभामा वाम गठबन्धनका साझा उम्मेदवार एमाले नेता नन्द लाल रोकाय विजयी भएका छन् ।
रोकायले ३१५१७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका बादशाह कुर्मीले २६६१७ मत प्राप्त गरे ।
क्षेत्र नं. ३ प्रदेश सभा (क) बाट माओवादी केन्द्र बाँकेका संयोजक इन्द्र प्रसाद खरेल (आइपी) १६६७५ मत प्राप्त गरी विजयी भएका छन् । भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका चन्त राम थारुले १४९८१ मत प्राप्त गरेका छन् । त्यस्तै (ख) बाट एमालेका पाका र पुराना नेता बाबुराम गौतम विजयी भएका छन् । गौतमले ११८७७ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका लक्ष्मी नारायण शाहाले ७५६२ मत प्राप्त गरेका छन् । यसरी यी सबैर वाम गठबन्धनका उम्मेदवाहरुका निकटतम प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेता रहेका छन् ।
प्रकाशित मिति : २०७४ मंसिर २५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्