यी हुन बिहेपछि महिलाको तौल बढ्नुको रहस्यहरु, जानी राखौ



महिलाहरुको बिवाह पछि घरपरिवार मात्र हैन जीवन शैली नै परिवर्तन हुन्छ यति सम्मकी बिवाह पछि उनिहरुको अप्रत्याशित रुपमै शरिरिक मटोपना देखा पर्छ र यसका कारण यस्ता छन :-

१.अनिन्द्राः बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घंटा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ । २. हर्मोनको परिवर्तनः बिहे पछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ,जुन तौल बढाउन जिम्मेवार छ । ३. उमेरको असरः विभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेर सँगै महिलाहरूको मेटाबोलिजमको दर कम हुदै जान्छ । जस कारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ । ४. सामाजिक दबाब कम हुनुः महिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन । तर बिहे पछि यो दबाब कम हुन्छ , जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ । ५. धेरै टिभी हेर्नुः प्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन भने श्रीमती गृहणी को रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनिहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनिहरुको शरिर शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ । ६. टेन्सन बढ्नुः बिहेपछि धेरैजसो महिलाहरुलाई नयाँ वाताबरणमा घुलमिल गर्न असहज हुन्छ ।यसले तनाब बढ्छ र साथसाथै तौल पनि । ७. गर्भवती अवस्थाः सामान्यतया बिहे भएको १-२ बर्ष पछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन। महिला गर्भवती हुँदा आउने हर्मोनको परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ। ८. लापर्वाहीः बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नियन्त्रणमा राखेका हुन्छन। तर बिहे पछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउदैन्न । त्यसैले तौल बढ्छ । ९. खानपिनमा परिवर्तनः बिहेपछि पतिको घरमा जस्तो खाना हुन्छ त्यस्तै खाना खानुपर्छ, धेरैजसोले ज्यादा फ्याट र मसलादार खाना खाने गर्दछन , यसले तौल बढाउँछ। १०. प्राथमिक्तामा परिवर्तनः बिहेपछि पति र घरपरिवार अनुशारको रुटीन बन्नेगर्दछ । यसकारण महिलाहरु आफ्नो ध्यान राख्ने मौका पाउदैन्न र तौल बढ्छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २५ गते सोमबार