बाँकेमा थप ४२ जना डिस्चार्ज



कोहलपुर ।

पछिल्लो २४ घण्टामा बुधवार बाँकेमा थप ४२ जना कोरोना जितेर डिस्चार्ज भएका हुन् । पछिल्ला दिनहरुमा कोरोना जितेर घर फर्किनेहरुको संख्या बढिरहदाँ थप ११ महिला र ३१ पुरुष गरेर ४२ डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १६ हजार ९ सय २९ जना पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार कोरोना जित्नेहरुमा ७ हजार २ सय ३ महिला र ९ हजार ७ सय २६ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा थप ७ जना नयाँ संक्रमित थपिएका थिए । जिल्लामा रहेका तीन प्रयोगशालामा गरिएको परीक्षणमा ३ महिला र ४ पुरुष गरेर ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला र २ पुरुष गरेर ४ जना, मेडिकल कलेज कोहलपुरको परीक्षणमा २ पुरुष तथा बागेश्वरी ल्याबको परीक्षणमा १ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।

योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ७१ पुगेको छ । तीमध्ये ७ हजार ३ सय ९३ महिला र ९ हजार ९ सय ७८ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँके फोकल पर्सन ओलीले जानकारी दिए । बुधवार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरीका जिल्लामा ३३ जनामा संक्रमण पुष्टि भएको थियो ।

तीमध्ये १३ महिला र २० पुरुष रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा बाहिरी जिल्लाका १ जना मात्र संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला भित्रका संक्रमित मृत्यु हुने दर भने २४ घण्टामा शून्य रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । जिल्लाका अस्पतालहरुमा अहिलेसम्म कोरोना संक्रमणका कारण जिल्लाभित्र र बाहिरका गरेर ६ सय ५० जनाको मृत्यु भइसकेको छ । तीमध्ये २ सय ३४ महिला र ४ सय १६ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।

बुधवारसम्म बाँकेमा जिल्लाभित्र र बाहिरी जिल्ला गरेर २ सय ५० सक्रिय संक्रमित रहेका थिए । ६१ महिला र ७२ पुरुष गरेर १ सय ३३ बाँकेका तथा ८५ जना बाहिरी जिल्ला सक्रिय संक्रमित हुन् । ८५ जना संक्रमितहरु अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका थिए भने १ सय ३३ जना होम आइसोलेसनमा रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांकमा उल्लेख रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ३ गते बिहीबार