बर्दिया गुलरिया मंसिर २४ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ७७४ मतले पराजित भएका छन् । बर्दिया–१ बाट प्रतिनिधिसभाको उमेदवार बनेका गौतम कांग्रेसका सञ्जय गौतमसँग पराजित बनेका हुन् । सिञ्चाइमन्त्रीसमेत सञ्जय गौतमसँग पराजित हुने वामदेव गठबन्धनको दोस्रो हेभिवेट हुन् ।

यसअघि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखा–२ मा बाबुराम भट्टराईसँग पराजित भइसकेका छन्