कोहलपुर, २० मंसिर/ प्रतनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मंगलबार देखि मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहितका कर्मचारीहरुले मतदाता परिचय पत्र वितरण धमाधम भइरहेको छ ।
मंगलबार बाँके जिल्लाका सबै मतदान केन्द्रहरुमा परिचय पत्र वितरण भइरहेका खबरहरु प्राप्त भएका छन् । कोहलपुर नगरपालिका अन्र्तगत वडा नं. १०, ११, र १२ मा हाम्रा समाचार दाता मंगलबार दिउसो पुग्दा मतदान केन्द्रमा खटिएका कर्मचारीहरु मतदाता परिचय पत्र वितरणमा व्यस्त देखिन्थ्ये ।
वडा नं. ११ को ज्ञानज्योति मा.वि.वगियामा खटिएका साहायक मतदान अधिकृत पुष्पा दुराले विहान ७ बजे देखि नै मतदान केन्द्रमा आएको र विहान राजनीतिक दलहरुसँग सर्वदलिय बैठक बसी निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन साथै मतदानको विधि र प्रक्रिया बारेमा छलफल गरीएको बताइन ।
साथै उनले तत्पश्चात मतदाता परिचय पत्र वितरणको काम भइरहेको र मंगलबार बाँकी रहेका परिचय पत्र बुधबार पनि वितरण गरिने बताइन् । स्थानीय तहको निर्वाचन पछि मतदाता नामावलीका लागि फोटो खिचाएकाहरुलाई मतदाता परिचय पत्र वितरण गरिन लागेको हो ।









प्रतिक्रिया दिनुहोस्