जेष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक



नेपालगञ्ज, १८ मंसिर/  राज्यले जेष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण हेर्नु पर्र्नेे नेपालगञ्जमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

सामाजिक सुरक्षा संञ्जाल बाँकेको संयोजन र शान्तिका लागि साझा अभियान मध्यपश्चिम क्षेत्रीय सचिवालय नेपालगञ्जले गरेको छलफल कार्याक्रममासहभागीहरुले सो कुरा बताएका हुन् ।

छलफल कार्यक्रममा बोल्दै उच्च अदालत बार एशोशियसन नेपालगञ्जका अध्यक्षका बल बहादुर चन्दले राज्यले जेष्ठ नागरिकलाई हेर्ने आफ्नो दृष्टिकोणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

जिल्लामा सरकारले लागु गरेका सबै सामाजिक सुरक्षा कार्यक्रमहरु लागु नभएको भन्दै सहभागीहरुले त्यसलाई कार्यान्वयन गराउनको लागि सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्ने जोड दिएका थिए ।

अधिवक्ता विश्वजित तिवारीले सरकारले एकिकृत सामाजिक सुरक्षा कानुन २०७२ तर्जुमा गरी छलफल र स्विकृतिको लागि व्यवस्थापिका संसदमा प्रस्तुत भएको जानकारी गराए । उनले एकिकृत सामाजिक सुरक्षा कानुन २०७२ मा केही कुराहरु संशोधन गरेर पारित गर्नुपर्नेमा जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १८ गते सोमबार