संघर्षको एघारौ साधारण सभा सम्पन्न



कोहलपुर, १७ मंसिर/  संघर्ष दलित महिला बचत तथा ऋण सहाकारी सस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा शनिबार कोहलपुरमा सम्पन्न भएको छ ।

सभाको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत रउप प्रमुख सञ्जु चौधरी लगायतको अतिथिहरुले सहकारीका सात सिद्धान्त अनुसार सात वटा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

सभामा सहकारीकी सचिव कौशिला परियारले संस्थाको प्रगति प्रतिवेदनमा प्रस्तुत गरेकी थिईन भने सस्थाकी कोषाध्यक्ष तिला बिश्वकर्माले आर्थिक वर्ष २०७३÷०७४ को ३ करोड १८ लाख १ हजार १० रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।

सभामा सहकारी संघ बाँके अध्यक्ष पे्रम सुवेदी दलित सेवा संघका केन्द्रीय अध्यक्ष चक्रमान विश्वकर्मा,संस्थापक अध्यक्ष मोतीलाल नेपाली,डि.डि आर.सी की कमला हेमचुरी ,राजनीतिक विश्लेषक जनार्दन आचार्य, ईश्वरी बि. क ,गजाधर सुनार सुनार सहकारी विकास बैक कोहलपुरका प्रमुख सुजन ददेल रेडियो प्रतिवोध एफ.एम सञ्चालक समितिका अध्यक्ष बुद्ध सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमा स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधि, उत्कृष्ट बचत गर्ने बचतकर्ता, उत्कृष्ट अंक ल्याई एस .ई.ई पास गर्ने शेयर सदस्यका छोराछोरी तथा सहकारीको विकासमा उल्लेखनिय योगदन पु¥याउने दलित सेवा सघको केन्द्रीय कार्यालयका अध्यक्ष चक्रमान विश्वकर्मा, मोतीलाल, नेपाली गजाधर सुनार लगायतलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रम सहकारी अध्यक्ष सितला परियारको सभापतित्वमा सम्पन्न भएको थियो भने सहकारीकी व्यवस्थापक तुलसी सुनारले कार्यक्रमको सञ्चालन गरेकी थिइन । सहकारीमा करिब १ हजार ६ सय ९५ शेयर सदस्य रहेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १७ गते आइतबार