कोहलपुर, १७ मंसिर/ कोहलपुर स्थित एम विडि कम्प्यूटर इन्च्यूटले हाजिरीजवाफ प्रतियोगीता भव्यताका साथ सम्पन्न गरेको छ ।
हाजिरीजवाफ प्रतियोगीता उद्घाटन गर्दै सभापतित्वमा एम वि.डि इन्च्यूटका प्रबन्धक÷निर्देशक मोहन खड्काले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न, वौद्धिक विकास गर्नका लागि कार्यक्रम गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि एकाउन्ट विषय शिक्षकले छोटो समयमा गुणस्तरीय शिक्षा प्रदान गरेको र अवका दिनहरुमा अझै विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धिका लागि यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा संचालन गर्न समेत सुझाव दिएका थिए ।
उक्त प्रतियोगीतामा नरेन्द्र बुढाथोकी, गिता अधिकारी, सुनिल चौधरी प्रथम, टेक बहादुर वली, तुलसी वि.सी., गोकर्ण मानन्धर द्धितिय र देव चन्द, चन्द्र प्रकाश खड्का, सुगम भण्डारी तृतीय भएको कार्यक्रमका संचालक मेघ राज वि.क.ले बताए ।









प्रतिक्रिया दिनुहोस्