वाम गठबन्धनको चुनावी कार्यक्रममा तिब्रता



कोहलपुर, १७ मंसिर/  वाम गठबन्धनले बाँकेको निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत प्रदेशसभा (२)मा घरदैलो सङ्गै चुनावी कोणसभालाई जारी राखेको छ ।

शनिबार प्रदेश सभा १(२)को कोहलपुर– १४को अकलघरुवा र वडा नम्बर ३ को मैटहवामा वाम गठबन्धनका छुट्टाछुट्टै चुनावी सभा भएका छन् । कोहलपुरको वडा नम्बर १० मा उम्मेदवार सहित घरदैलो अभियान सम्पन्न भएको हो ।

यसैगरी क्षेत्र नम्बर १(२)मा रहेका १७ वटै वडामा स्थानीय नेता र कार्यकर्ताहरुले घरदैलो अभियानमा मतदाता शिक्षालाई पनि विशेष रुपमा सञ्चालन गरेका छन् कोहलपुरनगरपालिका –१४ को ढोरपुरुवा,अकलघरुवाका चुनावी घरदैलो कार्यक्रम एवं कोण सभाहरुलाई बाँके क्षेत्र न.ं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश्वर गहतराज (अथक)ले सम्बोधन गर्दै वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।

उनले वाम गठबन्धनको स्थिर सरकारले मात्र मुलुकमा स्थायित्व , विकास र संवृद्धि कायम गर्न सक्ने भन्दै यस पटक प्रदेश र केन्द्रमा वामपन्थीहरुको बहुमतको सरकार बन्ने विश्वास व्यक्त गरे अथकको थप भनाइ थियो ,–‘ अब तपाईहरुले केन्द्र र प्रदेशमा हाम्रो वामगठबन्धनको बहुमत सहितको ५ वर्ष स्थिर सरकारका लागि सहयोग गर्नुहोस ’ ।

त्यस्तै बाँके क्षेत्र नं. १ प्रदेश सभा २ की उम्मेदवार आरती पौडेलले मधेशी,थारु लगायत अन्य पछाडि परेका समुदायको सम्मान र उनीहरुको अधिकारको संरक्षण वामपन्थीहरुले बाहेक अरुले गर्न नसक्ने ठोकुवा गर्दैे महिला,बालबालिका,युवा र वृद्धवद्धाको अधिकारको रक्षा ,सम्मान र सेवाको वामगठबन्धन बनेको प्रष्ट पारिन् ।

आफुले चुनाव जितेमा महिला दिदिबहिनीहरु तथा युवा वर्गको लागि विभिन्न सिपमुलक आय र आर्जनमूलक कार्यक्रमहरु ल्याउने र सबैलाई आर्थिक रुपमा शसक्त गराउन आफ्नो पहिलो प्राथमिकता रहने बताइन् ।

यसैगरी शनिवार नै कोहलपुर नगरपालिका–१४ की फोरम लोकतान्त्रिकबाट गत स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदमा उम्मेदवार उठेकी हेमा खटिक वाम गठबन्धनमा प्रवेस गरेकी छिन् ।

यसै कोहलपुर नपा– १४ कै अकलघरुवा र ओढरापुरमा नेकपा एमालेका युवा नेता ज्ञानेन्द्र थापाको पहलमा नेपाली काङ्ग्रेसका नेता रामगोपालको नेतृत्वमा ६५ जना नेपाली काङ्ग्रेस,राप्रपा र मधेशी फोरम परित्याग गरी वामगठबन्धनमा प्रवेश गरेका छन् । वामगठबन्धनका जिल्ला निर्वाचन परिचालन कमितिका संयोजक प्रमुख देवराज भारले उनीहरुलाई टिका र माला लगाई प्रवेस गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १७ गते आइतबार