नेपालगञ्जर, ११ मंसिर/ बाँकेको पुरैना स्वास्थ्य चौकीको प्रसुती सेवा केन्द्र निमार्ण गरेको दुई वर्ष वितिसक्दा पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैनन । प्रसुती सेवा केन्द्र सञ्चालन नहुदा त्यहा नया आर्थिक वर्षको ४ महिनामा मात्र करिब ६० भन्दा बढी महिलाहरु घरमै बच्चा जन्माएको तथ्याक छ ।
स्वास्थ्य चौकीका कर्मचारीहरुको पहलमा दुई वर्ष अघि स्थानीय शिवकुमारी बर्माले बल्ल तल्ला दान गर्नुभएको साढे तीन कठठा जग्गामा निमार्ण गरिएको बर्थिङ्ग सेन्टर सञ्चालन नहुदा महिलाहरु घरमै बच्चा जन्माउन बाध्य भएका छन् ।
स्वास्थ्य केन्द्र नजिकै निमार्ण गरिएको भवन जानलाई एक जना स्थानीयले बाटो नउपलब्ध गराउदा भवन प्रयोग विहन बनेको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. २१ पुरैना स्वास्थ्य चौकीमा आज गरिएको सामाजिक परीक्षण कार्यक्रमका सहभागीहरुले स्थानीय समुदायका अगुवा तथा सरोकारवाला निकायहरुले चासो नलिंदा त्यस्तो समस्या उत्पन्न भएको बताएका छन् ।
कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज मञ्जु कुशवाहले स्वास्थ्य संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरुका बारेमा जानकारी गराएका थिए । त्यस क्रममा स्वास्थ्य संस्थाले प्रदान गर्ने प्रसुती सेवा, खोप, स्वास्थ्य शिक्षा, औलो मलेरिया, परिवार नियोजन सेवा, ओपीडी सेवा, जेष्ठ नागरिक सेवा, लगायतका विषयमा चालु आर्थिक वर्षको साउनेदखि कार्तिकसम्मको चौमासिक प्रगति प्रस्तुत गरेका थिए ।
प्रस्तुत सेवा तथा प्रगतिका विषयमा छलफल गर्दा बर्थिङ्ग सेन्टर सञ्चालन, प्रतिक्षालय निमार्ण, खानेपानी टंकीको व्यवस्थापन, समुदायमा स्वास्थ्य सचेतनामुलक अन्र्तकृया, फोहर व्यवस्थापनका लागि ऐन्सीलेटर निमार्ण गर्ने जस्ता ५ बुंदे कार्ययोजना तयार गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्