नेपाल आइडलका सागर र सुजताले अबुधाबी तताए



 २७ नोभेम्बर,दुबई । गएको २४ नोभेम्बर शुक्रबारका दिन अबुधावीको फल्कलोरी थिएटर हलमा नेपाल मगर संघ शाखा युएईको ९ औं महाधिवेशन घोषणा सभा तथा बृहत् सांगीतिक कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरु नेपाल आइडल टप ५ का सागर आले मगर र नेपाल आईडल टप ६ का सुजता पाण्डेका साथ एक दर्शनभन्दा बढी स्थानीय कलाकारहरुको प्रस्तुतीमा भएको हो ।

त्यसैगरी बिशेष अतिथिमा नेपाल मगर संघ केन्द्रीय महासचिव ज्ञानेन्द्र पून मगर, नेपाल आदिवासी जनजाति महासंघ युएईका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ, मगर अन्तर्राष्ट्रिय मञ्चका सदस्य गिरमान थापा, एनआरएनएका वरिष्ठ उपाध्यक्ष निर्मल पोखरेल र नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा रहेका थिए । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरु रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास अबुधावीका श्रम कन्सुलर भेषबहादुर कार्की रहेका थिए भने कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष राजु सिंजाली मगरले गरेका थिए ।

कार्यक्रमको थालनी प्रमुख अतिथि, निवर्तमान अध्यक्ष, बिशेष अतिथि र अन्य अतिथिहरुको संयुक्त रुपमा दीयो प्रज्योलन तथा प्रथम सहित लखन थापा र संस्थापक अध्यक्ष यमबहादुर पूनको तस्वीरमा माल्यार्पण गर्नुका साथै राष्ट्रिय गानबाट भएको थियो ।

दुई चरणमा विभाजित गरिएको कार्यक्रममा औपचारिक कार्यक्रम निवर्तमान महासचिव डोल राना मगरले संचालन गरेको थियो भने सांगीतिक फाटलाई नेपालबाट आएका उद्घोषक रवी राना र स्थानीय विजया लक्ष्मी राईले संयुक्त रुपमा गरेका थियो ।

त्यसैगरी संघको तर्फबाट शुभकामना मन्तव्य कार्यक्रम संयोजक टंक थापाले राखेका थिए ।

खासगरी सांगीतिक कार्यक्रमलाई तताउनका लागि नेपालबाट अतिथि कलाकारको रुपमा सागर आले मगर र सुजता पाण्डेलाई निमन्त्रणा गरिएको थियो ।

सागर आलेको प्रस्तुतीमा दर्शकहरुका साथ अतिथिहरु समेत नाच्न भ्याए । दर्शकहरुको नाच्नमा त छाड र म छाडले गर्दा १८ डिग्रीमा राखेको एसीले पनि खाम्न सकेन ।

त्यस्तै हालत सुजता पाण्डेको पालोमा पनि भएको थियो । अलग-अलग प्रस्तुतीले भिन्नै खालका मनोरञ्जन दिएको थियो ।

त्यसै त गहुं गोरीको रुपमा आकर्षक देखिएकी सुजता पाण्डेको सुरिलो स्वरले हल नै गुन्जाएको आभाष हुन्थ्यो । दुबैजनाको प्रस्तुतीमा दर्शकहरुको पसिना हेर्ने लायक देखिन्थ्यो ।

नेपालबाट आएका अतिथि कलाकारहरुले दर्शकहरुलाई नाच्नमा तताएको थियो भने स्थानीय कलाकारहरुको आफ्नै मौलिक नृत्यहरुले दर्शकहरुलाई मन्त्रमुग्ध परिवर्तन पारेका थिए ।

मगर संस्कृति झल्कने खालका करुवा र सालै जो जस्ता नृत्यले अझै सनमा सुगन्ध थपिदिएको थियो ।

९ औं महाधिवेशन घोषणा अन्तर्गत भुवन मगरको संयोजकत्वमा सदस्य कुमबहादुर सारु, खुमबहादुर आले र भरत राना मगर ४ सदस्यीय निर्वाचन समितिले आगामी २०१७-२०१९ दुई वर्षे कार्यकालका लागि टंक थापाको अध्यक्षतामा २३ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको छ ।

क्रमशः अध्यक्षमा टंक थापा, वरिष्ठ उपाध्यक्षमा शिला राना, उपाध्यक्षमा लालबहादुर सिंजाली, चन्द्र राना, मन सारु मगर, नुरेन्द्र दिसुवा, खाम भाषिक उपाध्यक्षमा कैलाश प्रन मगर, कोषाध्यक्षमा केशु थापा, सह कोषाध्यक्षमा लोक सुनारी, महासचिवमा डोल राना, सचिवमा भुवन थापा र प्रवक्तामा मोहन बुढाथोकी मगर रहेका छन् ।

त्यस्तैगरी केन्द्रीय महिला सदस्यमा चन्दा पुलामीलाई निर्वाचित गरेको छ भने अन्य सदस्यहरुमा उक्तम थापा, राजेन्द्र थापा, नयन घर्ती मगर, फलेन्द्र फम्वाकी, मनु थापा, माया थापा, होम थापा, नविन थापा, मिन बाचे र दीपक थापा रहेका छन् ।                  अनलाइनखबर

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ११ गते सोमबार