दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न



कोहलपुर, ११ मंसिर/   कोहलपुर नगरपालिका–४ स्थित सफल कृषि फामको टमाटर प्रशोधन तथा बजारीकरण उप आयोजनाको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रम नगर प्रमुख रावतले देश र समाज विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए । फार्मका सञ्चालक साफिक मोहम्मद गुजरले संस्थाको आय व्यय प्रस्तुत गरेका थिए ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम.एफ.पी) को पुरक अनुदान सहयोगमा संस्थाले टमाटर सस उत्पादन तथा बजारिकरण गर्दै आएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा कोहलपुर नगरकार्यपालिका सदस्य डिल बहादुर परियार, कोहलपुर नगरपालिका–४ का अध्यक्ष तिर्थराम थारु, वडा नं.३ का अध्यक्ष माधव रिजाल, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाकी पार्वती घिमेरे, बेलवा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मी राज अधिकारी, सम्वृद्धि कृषि फार्मका सञ्चालक सुनिल ढकाल सर्वसाधारण लगायतक उपस्थििति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ११ गते सोमबार