जीप दुर्घटनामा ७ को मृत्यू



रुकुम, ९ मंसिर/  रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ मा शुक्रबार भएको दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
स्कारपियो जीप दुर्घटना हुँदा अरु तीन जना गम्भीर घाईते भएका छन् । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका–६ डाडीगाउँस्थित सडकबाट करीब २ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–६ का नविन श्रेष्ठ, उनकी श्रीमती अनिता प्रधान, मुसिकोट नगरपालिका–१ का सुदन श्रेष्ठ, उनका बुवा शेरबहादुर श्रेष्ठ, जनक शाह, मुसिकोट नगरपालिका–१ की सूर्यखा शाह र त्रिवेणी गाउँपालिका–१ की यमुना मल्ल छन् ।
मृतक नविन श्रेष्ठ प्रहरी निरीक्षकसमेत हुन् । मृतक श्रेष्ठ विहीबार मात्र नवदुलही घरमा भित्र्याएर काममा फर्किदै थिए । मृत्यु हुने सबै नविन श्रेष्ठका आफन्त रहेको र उनीहरु पनि श्रेष्ठको विवाहमा गएर दुलाहा दुलहीसँगै मुसिकोट फर्किदै थिए । घाईते हुनेमा टेकबहादुर खत्री, प्रेम थापा र अर्का एकजना छन् । घाईते सबैको जिल्ला अस्पताल सल्लमा उपतार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १० गते आइतबार