नेपालगञ्ज, १० मंसिर/ बाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ मा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनको प्रचारका लागि गाउँ केन्द्रीत घरदैलोसँगै कोणसभालाई प्राथमिकता दिइएको छ । शनिबार प्रदेश १ र २ मा घरदैलोसँगै कोणसभा गरिएको छ ।
प्रदेशसभा २ को इन्द्रपुर र खजुराको ईगाउँमा कोणसभा गरिएको छ । कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता तथा निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनारले विकास र सम्वृद्धिका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे ।
उनले कालेपत्रे सडक, नाली निर्माण, किसानका लागि मल बिउ,खादमा अनुदान र सिचाई सुविधा, विद्युतीकरण र ट्रान्सफर्मरको उपलब्धतालाई गठबन्धनले प्राथमिकता दिएको बताए । सुनारले कांगे्रस नै विकासको बाध भन्दै जनताको पीर मर्का बुझने पार्टी बाम गठबन्धन नै भएको बताए ।
प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकायले क्षेत्रको विकासका लागि प्रतिवद्धतापत्र सहित मत माग्न जनताको घर आगनमा आएको भन्दै ५ बर्षभित्र सम्बृद्धि क्षेत्र बनाउने अभियानमा साथ दिन अपिल गरे । प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले बाम गठबन्धनका उम्मेदवारहरु निर्वाचन जितेपछि पनि गाउँमै केन्द्रीत हुने बताए ।
उनले भने,–हामी यहिका स्थायी बासिन्दा हौं, चुनाव जितेपछि पनि २÷३ महिनामा प्रत्येक टोल बस्तीमा पुगेर समस्या समाधानको पहल गर्नेछौं । ईगाउँमा भएको कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, डम्बर विक, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनार, निर्मल खनाल, देबराम बिसी, अर्जुन थापा लगायतले मन्तव्य राख्दै बाम गठबन्धनको बिजय सुनिश्चित भएको बताए । इन्द्रपुरमा भएको कार्यक्रममा रक्षाराम बर्मा, हुसेनी यादव लगायतले मन्तव्य राखेका थिए ।
यसैगरी शनिबार नै बाम गठबन्धनले रनियापुरमा कोणसभा र घरदैलो गरेको छ । कार्यक्रममा प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा १ का उम्मेदवार आईपी खरेलको सहभागिता रहेको थियो । उढरापुरमा पनि शनिबार नै जनसभा भएको छ ।
जनसभालाई निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनार, प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा १ का उम्मेदवार आईपी खरेलले उढरापुरमा देखिएको सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने, गाउँमा सडक कालेपत्रे गर्ने, किसानका लागि मलखाद , बिउ र सिचाईमा अनुदानको ब्यवस्था गर्ने लगायतका प्रतिवद्धता जनाए ।
३५० जना एमालेमा बाम गठबन्धनले ईगाउँ र इन्द्रपुरमा आयोजना गरेको कार्यक्रममा ३५० जना भन्दा बढि नेकपा एमालेमा प्रवेश गरेका छन । ईगाउँमा भएको कार्यक्रममा राप्रपाका खजुरा गाउँपालिकाका उपाध्यक्ष बलबहादुर बिसी, सचिव राजु थापा, राप्रपाका तर्फबाट वडा नम्बर ४ का महिला सदस्य चन्द्रा थापा, दलित महिला सदस्य आशा परियार, नेपाली कांग्रेसका गिरमे महतारा, प्रकाश मल्ल, रामबहादुर खडका, करसिंह महतारा, चन्द्रकला परियार लगायत आफु आवद्ध पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन । ईगाउँमा वडा अध्यक्ष तिलकवीर सुनार, वडा सदस्य दलबहादुर विसीको अगुवाईमा पार्टी प्रवेश भएको हो । यसैगरी इन्द्रपुरमा पनि पार्टी प्रवेश कार्यक्रम भएको छ ।








प्रतिक्रिया दिनुहोस्