कोहलपुर, ९ मंसिर/ आर्थिक वर्ष २०७३÷०७४ अषाढ मसान्तसम्म बाँकेमा कुल ९ सय ६२ जना एचआईभी संक्रमित भएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी बाँके जिल्लाको एचआईभी संक्रमितहरुबारे तथ्य सार्वजनिक गरेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार पुरुष ५ सय ३५, महिला ४ सय १४ र तेश्रो लिङगी १ सय १३ जनामा एचआईभी संक्रमित देखा परेको छन् । जसमध्ये एआरटी प्रयोग गर्नेको संख्या जम्मा ९ सय ९४ जना रहेको जिल्ला जनस्वास्थ्यका फोकल पर्सन राम बहादुर चन्दले बताए ।
हाल ०७३÷०७४ सम्म १ सय १३ जना एचआईभी एड्स संक्रमितहरुको मृत्यु भइसकेको तथ्याङक जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले सार्वजनिक गरेको छ । नेपालमा २०१६ साल सम्म अनुमानित एचआईभी संक्रमित ३२ हजार ७ सय ३५ जना रहेका छन् भने एआरटीको उपचार १३ हजार ४ सय ४७ जनाले गरिरहेका छन ।
यस्तै हाल नेपालअधिराज्य भरि १ हजार ७ सय ७१ जनाको एड्सका कारण मृत्यु भैसकेको छ भने नेपालमा एचआईभी संक्रमण दर ०.१७ प्रतिशत रहेको छ । यस्तै विश्वमा २०१६ सालसम्ममा ३ करोड ६७ लाख जनामा एचआइभी संक्रमित भएको छ भने नयाँ संक्रमण १८ लाख जनामा भेटिएको तथ्य जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
१० लाख जनाको एचआईभीका कारण मृत्यु भएको तथ्याङक जनस्वास्थ्यले सार्वजनिक गरेको छ । यस्तै विश्वभरि एचआइभीको कारणबाट ३ करोड ५० लाख जनाको एचआईभीका कारण मृत्यु भएको जनस्वास्थ्यले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । ३० औं विश्व एड्स दिबस २०१७ नजिकिदै गर्दा बाँकेमा दिवसलाई प्रभावकारी बनाउन जिल्ला जनस्वास्थय कार्यालय बाँकले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
मंसिर १५ गते विश्व एचआइभि र एड्स दिवसको अवसरमा स्वास्थ्यकर्मी र पत्रकारहरु विच मैत्रीपुर्ण फुटबल प्रतियोगिता समेत आयोजना गर्ने जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
प्रकाशित मिति : २०७४ मंसिर ९ गते शनिबार








प्रतिक्रिया दिनुहोस्