नेपालगन्ज म्याराथनको उपाधि बुढालाई



कोहलपुर, ६ मंसिर/    नेपालगन्ज म्याराथन–२०१७ को उपाधी जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन ।  ४२. १९५ किलोमिटरको दुरी २घण्टा २६मिनेट.५८.५सेकेण्डमा पुरा गरी बुढाले उपाधी जितेका हुन ।

यसैगरी नेपाली सेनाका खडक बहादुर खड्का दोश्रो र सशस्त्र प्रहरी बलका गणेशसिंह ठकुरी तेश्रो भएका छन । प्रथम हुने बुढाले नगद ५५ हजार, दोश्रो हुने खड्काले २५ हजार र तेश्रो हुने ठुकरीले १५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी २१ किलोमिटरको हाफ म्याराथनको उपाधी नेपाली सेनाका रेसु बस्नेतले जितीन । उनले १घण्टा.२४ मिनेट.४५.३ सेकेण्ड मा निर्धारित दुरी पुरा गरी उपाधी जितेकी हुन् । प्रथम बस्नेतले ३५ हजार, दोश्रो रावतले १५ हजार र तेश्रो सिन्ताकलाले १० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी ५ किलोमिटर दौड पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम, बिवेक कठायत दोश्रो र बाँकेका अरबिन्द क्षेत्री तेश्रो भए ।

महिला तर्फ जुम्लाका राममाया बुढा प्रथम, अमृता भण्डारी दोश्रो र सल्यानका चन्द्रकुमारी घर्ती तेश्रो भए । व्हीलचेयर दौडमा कमल बुढा प्रथम, नन्कु थारु दोश्रो र दीपक दराई तेश्रो भए । क्रियटिभ ह्याण्डस आयोजक र बाँके जिल्ला एथ्लेटिक्स सङघ सहआयोजक रहेको प्रतियोगितामा सबै दौडमा ६ सय ५० बढी खेलाडीको सहभागिता रहेको आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले जानकारी गराए ।

विजेता खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा लगायतले पुरस्कार वितरण गरेका थिए । यसैगरी कार्यक्रममा ओलम्पियन रघुराव वन्तलाई सम्मान गरिएको थियो । प्रतियोगिताको उदघाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्टले नेपालगन्ज दौडनु नै नेपाल दौडनु भएको बताए ।

उनले नेपाल दौडिएपछि नेपाली जनता सँगै शान्ति , सम्वृद्धि र विकास पनि दौडने धारणा राखे । सो म्याराथुनको समापन दीप प्रज्वलन गर्दे कोहलपुरको चौराह मंगलबार राँझ समापन गरिएको थियो । समापन समारोहमा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत , उप–प्रमुख सन्जु कुमारी चौधरी, विभिन्न विद्यालयका शिक्षक, कर्मचारीहरु , संघसंस्थाका प्रतिनिधिहरु ,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ६ गते बुधबार