कोहलपुर, ३ मंसिर/ लोकतान्त्रिक शासन व्यवस्थालेनै मुलुक र जनतामा सम्बृद्वि कायम राख्ने बताउँदै यतिबेला लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरु मतदाता भेटघाट र घरदैलो कार्यक्रमलाई व्यापकता दिएका छन् ।
बाँके निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरु सहित गठबन्धनका नेता कार्यकर्ताहरु आक्रामक तरिकाले मतदाताहरुमाझ पुग्ने प्रयास गरेका छन् ।
शनिवार क्षेत्र नं. १ का तर्फबाट प्रतिनिधी सभा सदस्य पदका उमेद्वार माधवराम खत्रीले मतदाताहरुलाई लोकतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक गठबन्धनको विकल्प खोज्न नहुने भन्दै मतदाताहरुलाई सहयोगको लागि आग्रह गर्दै चुनावी अभियानलाई तिब्र पारेका छन् ।
यता निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेश सभाका उमेद्वार नारायण प्रसाद गौडेलल र प्रतिनिधी सभातर्फका उमेद्वार खत्री सकेसम्म संयुक्त रुपमै चुनावी प्रचार प्रसारमा जुटेका छन् । प्रदेश सभा तर्फका उमेद्वार गौडेल भन्छन्–“ हिजोका दिनमा जनताका पीर मर्का र दुःखमा हाम्रो सामिप्यताले आज सकारात्मक सहयोग पाउने संकेत हामीले पाइसकेका छौ ।”
लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुलाई मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमहरुमा बिजयीको अग्रिम शुभकामना स्वरुप अविर सँगै फूलको मालाले स्वागत गर्ने भएकाले लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुमा यतिवेला हौसला बढिरहेको प्रदेश सभाका उमेद्वार गौडेल बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्