निकृष्ट बालश्रम मुक्त गाउँपालिका घोषणा



बर्दिया, २ मंसिर/   स्थानीय युवा समुह, गाउँपालिका र विभिन्न संघसंस्थाको पहलमा बर्दियाको बढैयाताल गाउँपालिकालाई शुक्रबार एक समारोहका बिच निकृष्ट बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको छ ।
सिचाईमन्त्री सञ्जय कुमार गौतम, पुर्व उपप्रधानमन्त्री एंव एमाले उपाध्यक्ष वामदेव गौतम, जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारु, बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ , महिला विकास अधिकृत गीरा बस्नेतको उपस्थितिमा बढैयाताललाई निकृष्ट बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको हो ।
यो सँगै जिल्लाका ६ नगरपालिका र २ गाउँपालिका मध्ये बढैयाताल गाउँपालिका बालश्रम मुक्त घोषणा गर्ने पहिलो गाउँपालिका भएको छ ।
नेपालसरकारले सन् २०२० सम्ममा नेपाललाई नै बालश्रम मुक्त देश घोषणा गर्ने सरकारी लक्ष्य अनुरुप बढैयाताल गाउँपालिकालाई बालश्रम निषेध गाउपालिका घोषणा गरिएको प्रमुख लालबहादुर श्रेष्ठले बताए ।
निकृष्ट प्रकारका बालश्रम हटाउन अभिभावक शिक्षा लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको युवा महिला समुहका अध्यक्ष सजना थारुले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २ गते शनिबार