डोल्पामा सीता एअरको परीक्षण उडान सफल



डोल्पा, ३० कार्तिक/   डोल्पाको जुफाल विमानस्थलमा सीता एअरको परीक्षण उडान सफल भएको छ ।

बुधबारनेपालगञ्जदेखि डोल्पाका लागि भएकोे पहिलो उडान सफल भएको सीता एअर नेपालगञ्जका स्टेसन म्यानेजर राजिव शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार उडानसम्बन्धी सम्पूर्ण व्यवस्थापन सम्पन्न भएपछि एकसाताभित्रै नियमित उडान सुरु गर्ने कम्पनीको योजना छ ।

डोल्पाको जुफाल विमानस्थलमा नियमित उडान शुरु भइसकेपछि यात्रुको चापका आधारमा दिनमा तीन वटासम्म उडान भर्ने उहाँले जानकारी दिनुभयो ।

तारा, गोमा, नेपाल र मकालु एअरलाइन्सले उडान भर्ने गरे पनि नियमित उडान नहुँदा सयौँ यात्रुले सास्ती भोग्नु परिरहेको अवस्थामा सीता एअरबाट नियमित उडान सञ्चालन भए त्यस क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक ३० गते बिहीबार