प्रहरी जवान अख्तियारको नियन्त्रणमा



कोहलपुर,२८ कार्तिक/  अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्र्पक कार्यालय कोहलपुरको टोलीले घुस लिँदालिँदै शसस्त्र प्रहरीका जवानलाई नियन्त्रणमा लिएको छ । शसस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण नेपालगन्जमा कार्यरत शम्भु प्रसाद आचार्यलाई धम्बोजी चोकबाट नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियारले उनलाई पक्राउ गरेको हो । सम्र्पक कार्यालय कोहलपुरका प्रमुख ईश्वर कार्कीका अनुसार प्रहरी जवानले ७ हजार रुपैंयाँ लिदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।

आचार्य शसस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण नेपालगन्जमा कार्यरत छन् । सेवाग्रहीबाट भन्सार छलि रुपैडिहाबाट ल्याएको समान नेपाल भित्र्याउन सहयोग गरे बापत उक्त रकम लिएको प्रमुख कार्कीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २८ गते मंगलबार