भौरा टापुको ५ वर्षमा मुहाँर फेर्छु : मन्त्री थारु



बर्दिया, २७ कात्तिक/ निवर्तमान पशुपक्षि विकास  मन्त्री तथा बर्दिया क्षेत्र नम्बर १ का माब गठबन्धन (माओबादी केन्द्र)का उम्मेद्धार सन्तकुमार थारुले बाम गठबन्धनको जित भए राजापुर क्षेत्र (भौरा टापु)को मुहाँर फेर्ने बताएका हुन् । बर्दियाको गेरुवा गाँउपालिका वडा नम्बर ६ मनाउमा भएको चुनावी सभालाई सम्बोधन गर्दै भौरा टापुको मुहार फेर्ने बताएका हुन् ।

सन्तकुमार थारुले राजापुर क्षेत्रमा आफुनो जित भए अहिले ग्राभेल भएका सडकबाटोहरु ५ वर्ष भित्रमा पिच गर्ने बचन बद्धता गर्नु भएको छ । राजापुरका जनताहरुको स्वास्थ्य, शिक्षा, सडक सञ्जालको पहुचमा पुर्याई सम्बृद्ध टापु बनाउने बताए । सभालाई सम्बोधन गर्दै बर्दिया क्षेत्र नम्बर २ (ख)का उम्मेद्धार दिपेश थारु (राजेश)ले राजापुरका जनताले बिकासका लागि बाम गठबन्धनलाई विजय गराउन आग्रह गरे ।
मुक्तकमैया, सुकुम्बासी तथा कमैया महिलाहरुको बिसका तथा सशक्तीकरणका बाम गठबन्धनले नै समाधान गर्न सक्ने बताए ।यसैगरी स्वतन्त्र उम्मेद्धार कृष्णी थारुले आफुनो सधैभरि कमैया महिलाहरुको क्षेत्रमा काम गरिहेकोले उहाँहरुको दुख, पीडा बुझकोले आफुलाई जिताए पछि ती दुखपीडाको समाधान गर्ने
खालका कार्यक्रमहरु ल्याउने र दुखपीडाहरु बिर्सने गरि काम गर्ने बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २७ गते सोमबार