“सवका मिली नागरिकता” : गौतम



बर्दिया, २७ कात्तिक/  अवधी भाषाभाषीहरु भएको गाउँमा अवधी भाषामै बामदेवगौतमले चुनावी सभा सम्वोधन गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा निर्वाचन बर्दिया क्षेत्र नं.१ का उम्मेदवार वामदेव गौतमले बर्दियाको गुलरिया–७ स्थित चौघुर्जी गाउँमा बसोबास गर्ने अवधी भाषाभाषीहरुको बीचमा अवधी भाषामै चुनावी सभालाई सम्वोधन गरेका थिए ।

गौतमले स्थानीय भाषामा सम्वोधन गर्दा स्थानीय मतदाताहरु खुसी भएका थिए । चुनावी सभालाई सम्वोधन गर्दै गौतमले २०५१ सालमा मनमोहन प्रधानमन्त्री भएको समयमा छुट्टै आयोग बनाएर करिव ४० लाख नागरिकता विहिन नेपालीलाई नागरिकता वितरण गरेको बताए ।

आगामी निर्वाचनबाट वामपंथी सरकार बनेमा नेपाली नागरिकता नपाएका नेपालीहरुलाई ६ महिनाभित्र आयोग बनाई नागरिकता प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे ।
बर्दियाको सदरमुकाम गुलरियाको नजिकै रहे पनि उक्त गाउँपालिका र सम्वृद्धिका दृष्टिकोणले निक्कै पछि परेको भन्दै गौतमले भने–‘चौघुर्जी गाउँमे सवके बनेगा पक्क घर ।’

प्रत्येक वर्ष बाढीको समस्या झेलेका स्थानीयले बाढीलाई स्थायी रोकथामगर्न माग गरेपछि गौतमले बबई नदिको मुहान देखि ठूला ठूला ड्यामबनाएर पोखरीहरु निर्माण गरी बढी पानी पोखरीमा संजय गर्ने र वर्षभरी सिंचाई गर्न मिल्ने बनाउन सहयोग गर्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २७ गते सोमबार