पत्रकारलाई खाद्य स्वच्छता रिपोटिङ सम्वन्धी तालिम



नेपालगञ्ज, २७ कात्तिक/  पत्रकारलाई खाद्य स्वच्छता सम्वन्धी रिपोटिङ गर्ने सहजताका लागि सोमबार नेपालगन्जमा एक दिने सम्पन्न भएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजनामा भएको तालिममा पत्रकारलाई खाद्य स्वच्छताको बारेमा कसरी रिपोटिङ गर्ने भन्ने विषयमा तालिम दिइएको थियो ।

क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरीक्षक एकराज बुढाथोकीले सो विषयमा तालिम दिएका थिए । कार्यालयको प्रमुख जोसाना श्रेष्ठले खाद्य चलन चल्तिका शब्दावली माथि प्रकाश पार्दै स्वच्छ खाद्य उत्पादन प्रर्णालीमा बढी ध्यान दिनुपर्ने बताइन् ।

उनले विरामी पशुको मासु, दुध विक्रि नगर्न आग्रह गरिन् । तालिममा नेपाल पत्रकार महासघं बाँकेका अध्यक्ष ठाकुर सिहं थारुले खाद्य स्वच्छता बारे सञ्चार माध्यमको भूमिका र ऐन कानुन बारे कार्यपत्र प्रस्तुत गरेका थिए । खाद्य निरीक्षक विनोद कुमार श्रिवास्त लगायतले कार्यपत्र माथि टिप्पणी गरेृका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २७ गते सोमबार