नेपाली चलचित्रको व्यापार उत्कृष्ट हुनुको पछाडि गीतसंगीतको पनि महत्वपूर्ण भूमिका छ । गीतसंग्तिकै कारण कैयौ चलचित्रले निर्माताको लगानी बचाइदिएका छन् ।
पछिल्लो समय लभस्टोरी गीत निर्माणमा निकै पावरफूल मानिन्छन्, संगीतकार अर्जुन पोखरेल । उनै, अर्जुनको शब्द तथा संगीत रहेको चलचित्र ‘बटरफ्लाई’मा समावेश एक रोमान्टिक गीत तयार भएको छ । ‘म गाउँदिन गीत अब’ बोलको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ ।
यो गीतमा सुरेश बज्रचार्यको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । यो रोमान्टिक गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र आर्यन अधिकारीलाई फिचरिङ गरिएको छ ।
चलचित्रमा अर्जुन जीसी र मन्दिल श्रेष्ठको सम्पादन, कुमार महर्जनको एक्सन छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायिका प्रियंका कार्कीले झण्डै आफ्नो हातबाट यो चलचित्र फुस्किएको बताइन् । उनले, जाडोमा पनि निकै दुख गरेर खिचिएको यो गीतबाट राम्रो प्रतिक्रिया पाउनेमा विश्वस्त रहेको सुनाइन् । नायक आर्यन अधिकारीले प्रियंका कार्कीसँग काम गर्दा खुशी लागेको बताउँदै चलचित्र पनि राम्रो बनेको बताइन् ।ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र पौष २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा पुष्पाञ्जली अधिकारी, रामशरन राना, भूपेन्द्र सुवेदीको लगानी छ भने रमेश प्रजापति यो चलचित्रका कार्यकारी निर्माता हुन् ।
प्रतिक्रिया दिनुहोस्