21 March 2023  |   बुधबार, चैत्र ८, २०७९

नेपालगन्जमा आगो बालेर सुतेको ठाउँमै चार जनाको मृत्यु (नामसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १५, २०७८  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश मेडिकल स्टोरमा कार्यालय सहयोगी पदमा कार्यरत बसेका २६ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जनाको मृत्यु भएको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले बताए ।

मृत्यु हुनेहरुमा कालीकोटस्थित खाँडाचक्र नगरपालिका– ६ का भट्टराईसहित उनको ३ महिनाको छोरा इप्सन भट्टराई, आमा ४५ वर्षीया कोपिला र ४० वर्षीया नन्दकला भट्टराईको रहेका छन् ।

कोठामा बसेका अन्य तीन जना अचेत अवस्थामा भेटिएका थिए। धर्मराजकी २४ वर्षीया श्रीमती सुशीला भट्टराई, साढे तीन बर्षीय छोरा दिवस भट्टराई, १८ वर्षीय भाई नरेन्द्र भट्टराईको अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, पुस १५, २०७८     11:40:52 AM  |