प्रतिभाको सार्वजनिक सुनुवाई सम्पन्न



कोहलपुर, २४ कात्तिक/ प्रतिभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको कोहलपुर नपा–१४ हवलदारपुरकोे तेस्रो सार्वजनिक सुनुवाई बिहिबार सम्पन्न भएको छ ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम एफपी) को पुरक अनुदान मार्पmत तरकारी उत्पादन तथा बिक्रि वितरणको उपआयोजनाद्वारा सञ्चालित तेस्रो तथा अन्तिम किस्ताको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको संस्थाले जनाएको छ ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम एफपी) को पुरक अनुदान रु ७८ लाख ७८ हजार ५ सय ७२ रकमको मध्ये आयोजनाको रु ६५ प्रतिशत र सेवाग्राही उपयोजनाको ३५ प्रतिशतको लगातमा आयोजना सम्पन्न गरिएको हो ।

सहकारीले विपन्न वर्गका समुदायका लागि तरकारी उत्पादन तथा बजारीकरणमा सहजता ल्याउनका लागि आवश्यक सामाग्री खरिदमा खर्च गर्ने गरेको बताइएको छ । संस्थाले १ सय ८० टन आलु उत्पादन गर्ने लक्ष्य लिएकोमा २ सय ५ टन आलु उत्पादन गरी आफ्नो निर्धारित लक्ष्य भन्दा बढी उत्पादन गरेको छ ।

त्यस्तै १ सय ३५ टन प्याज लक्ष्य लिएकोमा १ सय ३८ टन र खुर्सानी १ सय १५ टन उत्पादन लक्ष्य लिएकोमा १ सय १६ टन उत्पादन गरेको संस्थाकी प्रबन्धक दुर्गा केसीले बताइन् । सार्वजनिक सुनुवाई कार्यक्रममा महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख शोभा शाह, साना तथा मझौला कृषक आयास्तर वृद्धि आयोजनाकी प्रमुख पार्वती घिमेरे, सामाजिक विकास मञ्चका उपेन्द्र कटुवाल सहकारी सघंकी मिना सिग्देल, कोहलपुर नगरपालिका–१५ का वडा अध्यक्ष पतिराम थारु, जनप्रतिनिधिहरु शान्ति सुनार, मान बहादुर गुरुङ, दयाराम विक लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २४ गते शुक्रबार