कोहलपुर, २३ कात्तिक/ नयाँ शक्ति पार्टी नेपाल बाँके क्षेत्र नं.१ ले आफ्नो चुनावी अभियान सुरु गरेको छ । नयाँ शक्तिले बिहीबार कोहलपुरस्थित कृषि हाट बजार नजिक सरसफाइ गर्दै अभियानको सुरुवात गरेको हो ।
क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार बुधबहादुर सुनारले समाजमा हुने फोहरी खेललाई सडकको फोहर जसरी बढार्ने बताए । भ्रष्टाचार, अनियमिततादविरुद्ध आफूहरूले उम्मेदवारी दिएको उनले बताए । ‘समाज हुने फोहरी खेललाई जरैदेखि अन्त्य गर्न हाम्रो उम्मेदवारी हो,’ उनले भने, ‘यस अभियानमा सबैको सहयोगको खाँचो छ ।’ साथै सुशासन मैत्री समाज निर्माणमा आफ्नो आफू र आफ्नो पार्टी लागि परेको बताए ।
सरसफाइपछि निकालिएको ¥यालीले कोहलपुर बजार परिक्रमा गरेको थियो । क्षेत्र नंं.१ बाट प्रदेशसभा १ मा निसिम खाँ पठान र २ मा डोलेश्वर भट्टराई (अनिल) उम्मेदवार छन् ।
५ नम्बर प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार गजाधर सुनार, राजन रानामगर, कृष्णा कुमारी भण्डारी र रानी राई रहेका छन् ।
प्रकाशित मिति : २०७४ कात्तिक २३ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्