४५ थान गोली सहित एक पक्राऊ



नेपनलगञ्ज, २३ कात्तिक/ एक थान एयरगन र त्यसमा लाग्ने ४५ थान गोलीसहित बाँके प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान नेपाल–भारत सीमा नाका जमुनाहबाट नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ प्रहरी जनाएको छ ।

भारतको सिमलामा मजदुरी गरेर घर फर्कदै गरेका सल्यान थारमारे– ७ का रमेश योगीको साथमा एक थान एयरगन र त्यसमा लाग्ने ४५ थान गोलीसहित बुधबार बिहान साढे छ बजे जमुनाहा नाकामा चेक जाँचको क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाहको नियन्त्रणमा परेका योगी र उनको साथमा बरामद भएको एयरगन गोलीसहित आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठा्रईएको जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २३ गते बिहीबार