सवारी साधनमा एमाले र माओवादी केन्द्रका संयुक्त झण्डा राख्न निर्देशन



नेपनलगञ्ज, २३ कात्तिक/ बाम गठबन्धनले बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ मा नेता कार्यकर्ताले प्रयोग गर्ने सवारी साधनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका संयुक्त झण्डा राख्न निर्देशन दिएको छ ।

बाम गठबन्धन ३ नम्बर क्षेत्र निर्वाचन परिचालन कमिटीले बुधबार खजुरामा आयोजना गरेको क्षेत्र स्तरीय अगुवा कार्यकर्ता भेलामा समितिका संयोजक पुर्ब राज्यमन्त्री दलबहादुर सुनारले सवारी साधनमा एउटा मात्रै पार्टीका झण्डा राख्ने नेता कार्यकर्तालाई तत्काल कारवाही गरिने चेतावनी दिए ।

प्रतिनिधीसभा उम्मेदवार नेकपा एमाले बाँकेका पुर्ब जिल्ला कमिटीका अध्यक्ष नन्दलाल रोकाय, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार नेकपा माओवादी केन्द्र बाँकेका संयोजक इन्द्रप्रसाद खरेल (आईपी र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार एमाले पुर्ब केन्द्रीय सल्लाहकार बाबुराम गौतमसहितको उपस्थितीमा भएको कार्यक्रममा संयोजक सुनारले आफुले प्रयोग गर्ने सवारी साधनमा अनिवार्यरुपमा एमालेको चुनाव चिन्ह सुर्य र माओवादीको चुनाव चिन्ह हसिया हथौडा राख्न एमाले र माओवादीका अगुवा नेता कार्यकर्तालाई कडा निर्देशन दिए ।

आफुलाई एमाले र माओवादीको कार्यकर्ता भएको बिर्सर्नुस, संयोजक सुनारले भने,– आफुलाई वाम गठबन्धनको कार्यकर्ता सम्झनुस, नन्दलाल, आईपी र बाबुरामलाई जिताउन लागि पर्नुस । संयोजक सुनारले आफु र आफनो मान्छेले टिकट पाएन भन्दै असन्तुष्ट हुने ब्यक्ति अहिले एमाले, माओवादी वा बाममोर्चाको ब्यक्ति हुनै नसक्ने बताए ।

कार्यक्रममा प्रतिनिधीसभा उम्मेदवार नन्दलाल रोकाय, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार इन्द्रप्रसाद खरेल (आईपी र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार बाबुराम गौतम, समितिका सचिव समेत रहेकाएमाले बाँकेका सचिव रत्न खत्री, समितिका सहसंयोजक शालिक राम खडका, मुल निर्वाचन परिचालन कमिटिीका सचिवालय सदस्य डम्बर विक लगायतले मन्तव्य राख्दै बाम गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित भएको बताए । यसैबीच बाम गठबन्धनले क्षेत्र नम्बर ३ को निर्वाचन परिचालन समितिको कार्यालय खजुरामा संचालनमा ल्याएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २३ गते बिहीबार