काबुल, २१ कात्तिक/ अफगानिस्तानको काबुलस्थित स्थानीय टेलिभिजन स्टेशनमा अज्ञात समूहले ‘ग्रिनेड बम’ प्रहार गर्नुका साथै अन्धाधुन्ध गोली प्रहार गर्दा टेलिभिजनका थुप्रै पत्रकार मारिएको आशंका गरिएको छ ।

आक्रमणकारीहरुले स्थानीय ‘शमशाद’ टेलिभिजन स्टेशन कब्जामा लिएर ‘ग्रिनेड बम’ प्रहार गर्नुका साथै अन्धाधुन्ध गोली प्रहार भएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रयास जारी रहेको बताएको छ ।
सोही क्रममा एक जना आक्रमणकारी मारिएको अफगानी अधिकारीहरुले जनाएका छन् । अफगान प्रहरीले उक्त टेलिभिजन भवन नियन्त्रणमा लिने प्रयास भैरहेको बताएको छ ।
उक्त हमलाबाट भागेर भवनबाहिर निस्कन सफल एकजना पत्रकारले टेलिभिजन स्टेशनभित्र बंदुकधारी रहेको र उनीहरुले आफ्नो कैयौं सहकर्मी मारिदिएको र कैयौं घाइते अवस्थामा रहेको ‘बीबीसी’लाई बताएका छन् ।
‘शमशाद’ टेलिभिजनको मुख्यालय रहेको सो स्टेशनमा सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् बताइएको छ । शमशाद टेलिभिजन अफगानिस्तानको प्रख्यात टेलिभिजन च्यानल हो । सन् २००६ मा प्रशारण सुरु गरेको सो च्यानलले २४ घन्टा समाचार र मनोरन्जनात्मक सामग्रीहरु प्रसारण गर्दै आएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्