काठमाडौं, २० कात्तिक/ आर्सनललाई हराउँदै म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको अग्रता झनै फराकिलो पारेको छ ।

आइतबार राती भएको खेलमा म्यान्चेस्टर सिटीले आर्सनललाई ३-१ ले हरायो ।
खेलमा म्यान सिटीलाई विजयी गराउन केभिन डे ब्रायन, सर्जीयो अगुएरो र ग्याब्रिएल जिससले एक एक गोल गरे । आर्सनलका अलेक्जेण्डर लाकाजेटले एक गोल फर्काए ।
राती नै भएको अर्को खेलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई १-० ले हरायो । साविक विजेता चेल्सीलाई विजयी गराउन अल्भारो मोराटाले निर्णायक गोल गरे ।
प्रिमियर लिगकै अन्य खेलमा टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई १-० ले हराउँदा एभर्टनले वाट्फोर्डमाथि ३-२ को कठिन जित हात पार्यो ।
लगातार ५ खेलमा पराजित एभर्टनलाई गएरातिको जितले केही राहत दिएको छ ।
आइतबार रातीका खेलपछि इङ्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा ११ खेलबाट ३१ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।
२३ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको टोटनह्याम हट्सपरको पनि समान २३ अंक छ ।
२२ अंकसहित चेल्सी चौथो स्थानमा रहँदा पाँचौ स्थानको लिभरपुल र छैठौं स्थानको आर्सनलको समान १९÷१९ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्