16 July 2024  |   मङ्लबार, साउन १, २०८१

तरुण दल बाँकेकका उपाध्यक्षद्वारा राजीनामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०७४  

बाँके, १७ कात्तिक/ तरुण दल बाँकेका उपाध्यक्ष मनिष रेग्मीले पदबाट राजीनामा दिएका छन् । उम्मेदवार छनौट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै रेग्मीले आज मनोनयनका दिन उपाध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
रेग्मीले एक विज्ञप्ती जारी गर्दै आजैको मितिदेखि लागु हुनेगरी राजीनामा दिएको घोषणा गरेका हुन् । विज्ञप्तीमा भनिएको छ( नेपाली कांग्रेस बाँकेले संविधान पिता स्वर्गीय सुशील कोइरालाको निर्वाचन क्षेत्र राप्रपा जस्तो राजनैतिक पार्टीलाई सुम्पेकोमा आगामी चुनावी अभियानमा नैतिकरुपमा म संलग्न रही रहन नसक्ने अवस्था उत्पन्न भएकाले आजैको मितिदेखि लागु हुनेगरी नेपाल तरुण दल बाँकेको जिल्ला उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा यसै प्रेस विज्ञप्तीमार्फत गर्न चाहन्छु । उनले तरुण दलका नेता–कार्यकर्तालाई आफ्नो भावना बुझिदिन पनि विज्ञप्तीमार्फत आग्रह गरेका छन् । सुशील कोइरालाको निर्वाचन क्षेत्र राप्रपा जस्तो राजनैतिक पार्टीलाई सुम्पेकोमा आगामी चुनावी अभियानमा नैतिकरुपमा म संलग्न रही रहन नसक्ने अवस्था उत्पन्न भएकाले आजैको मितिदेखि लागु हुनेगरी नेपाल तरुण दल बाँकेको जिल्ला उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा यसै प्रेस विज्ञप्तीमार्फत गर्न चाहन्छु । उनले तरुण दलका नेता–कार्यकर्तालाई आफ्नो भावना बुझिदिन पनि विज्ञप्तीमार्फत आग्रह गरेका छन्

प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०७४     8:09:39 AM  |