सुर्खेत/ छोरा मोह त्याग्ने १८ दम्पत्तीलाई सम्मान गरिएको छ । छोरी मात्र जन्माएर खुसी र सन्तुष्टी हुने सुर्खेतका १८ जना दम्पतीलाई सम्मान गरिएको हो ।
बाल मजदुर सरोकार केन्द्र सिविन नेपाल, नागरिक समाज संस्थाहरुको संञ्जाल सिएसओ नेर्टवक सुर्खेतको आयोजना, यूरोपीयन कमिशनको आर्थिक सहयोगमा सोमवार वीरेन्द्रनगरमा सम्पन्न भएको संवाद तथा सम्मान कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।

छोरी भएकै कारण भेदभाव गर्ने र लिङ्ग पहिचान गरी छोरी भएमा गर्भपतन गराउने समस्या हाम्रो समाजमा दिन प्रतिदिन बढीरहेको अवस्थामा दुई छोरी मात्र जन्माएर खुसी र सन्तुष्ट हुने परिवारलाई प्रोत्साहन गर्ने उदेश्यले सम्मान कार्यक्रमको आयोजना गरिएको शिविन नेपाल सुर्खेतका बाल संरक्षण अधिकृत संगीता वलीले बताइन् ।
कार्यक्रममा गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकले गर्भपतन गरी छोरीको भुण हत्या गर्नेलाई कारवाहीको दायरामा ल्याउने काम अब स्थानीय सरकारले गर्ने बताइन् । उनले नगरको हरेक योजनामा बालिका संरक्षण योजनाहरु समावेश गर्नु पर्ने बताइन् । वीरेन्द्रनगर कार्यपालिकाका प्रशासकिय अधिकृत दिपेन सुवेदीले छोरीको संख्या बढाउने अभियानमा लागि परेको बताए ।
उनीहरुले नगरपालिकाले ‘छोरी बचाऔ’अभियानमा छोरी खाता बचत अभियान थालनी गरेको बताए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका भोज प्रसाद लम्साल र आवाज संस्था सुर्खेतका कार्यकारी निर्देशक पवीत्रा शाही, वीरेन्द्रनगर, गुर्भाकोट, पञ्चपुरी र लेकवेशी नगरपालीकाका नवनिवार्चित जनप्रतिनीधीहरु, जिल्ला स्थीत सरकारी तथा गैरसरकारी संस्थाहरुका प्रमुख एवं प्रतिनिधिीहरुको सहभागीता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्