नेपालगञ्ज, १४ मंसिर/ नेपालगन्ज उपमहानगरपालिका–६ एकता नगर टोलमा बिहिबार मतदाता शिक्षा सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
निर्वाचन आयोग काठमाण्डौंको सहयोग तथा फ्रेन्ड्स इन्टरनेश्नल मूभिज प्रालि बल्खु काठमाण्डौले आयोजना गरेको कार्यक्रममा भोट हाल्ने तवरतरिका सिकाइएको छ ।
वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रताप शाहको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई मतदाता नामावली तथा सूचना शाखा क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका कम्प्युटर अधिकृत बिमल गौतमले सही तरिकाले भोट हाल्ने तवरतरिका बारे सिकाएका थिए ।
वडाका समाजिक परिचालिका तथा निर्वाचन आयोगले खटाएका मतदाता शिक्षकहरुको समेत सहभागीता रहेको कार्यक्रममा सहभागीले आफूले नबुझेको कुरा र मतदान पछि मतपेटिका व्यवस्थापन बारे खुलेर बहस गरेका थिए ।
प्रकाशित मिति : २०७४ मंसिर १४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्