सेन्टरको मुखपत्र खबरदारीको विमोचन



कोहलपुर, १३ मंसिर/  क्रान्तिकारी तथा प्रगतिशील पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल बाँके शाखाले आफ्नो शाखाको मुखपत्र खबरदारी त्रैमासिक बुलेटिनको पहिलो अङ्क बुधबार विमोचन गरेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सो बुलेटिनको विमोचन गरेका हुन् । नेपाल पत्रकार महासंघ बाँके शाखाको सभाहलमा बुलेटिनको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले शाखाले पहिलो पटक खबरदारी नामको त्रैमासिक बुलेटिन प्रकाशित गरेकोमा खुसी व्यक्त गर्दै यसको निरन्तरताका लागि लागिरहन प्रेस सेन्टरका पत्रकारहरुलाई आग्रह गरे ।

विमोचन समारोहमा नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुरसिंह थारुले खबरदारी बुलेटिनलाई प्रेस सेन्टरले निरन्तर प्रकाशित गरिरहन सक्षम होस् भन्ने शुभकामना व्यक्त गरे ।

सेन्टरको मुखपत्र खबरदारीमा पहिलो अङ्क भएकोले कसैको वा कुनै निकायको खबरदारी गर्नु भन्दा पनि संगठनको औपचारिक धारणा र संगठनको इतिहास समेट्नु पर्ने भएको हुँदा कसैको बारेमा खबरदारी नै गर्ने खालको सामाचार नराखिएको बुलेटिनका सम्पादक भीम रावतले जानकारी गराएका छन् ।

विमोचन समारोहमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु निरज गौतम, शुक्रऋषि चौलागाई, रुद्र सुवेदी, माओवादी केन्द्रका बाँके संयोजक आईपी खरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी, नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक, मानव अधिकारकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । विमोचन समारोह सेन्टरका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १३ गते बुधबार