शान्ती र सामाजिक सदभावका लागि अभिमुखीकरण



बाँके, १२ मंसिर/ शान्ती र सामाजिक सदभावका लागि प्रहरी घरदैलो अभिमुखीकरण आज सम्पन्न भएको छ ।
युएनडिपीको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले नेपालगन्जमा आयोजना गरेको अभिमुखीकरणमा नेपालगन्ज उपमहानगरपालिकाका भित्र रहेका जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र प्रहरी बिटबाट प्रहरीहरुको सहभागिता रहेको थियो भने डुुडुुवा गाउँपालिका वडा नं.६ हिरिमिनियामा भएको अभिमुुखीकरणमा इलाका प्रहरी कार्यालय, हिरिमिनियाका प्रहरीहरुको सहभागिता रहेको थियो ।
नेपालगन्जमा भएको अभिमुुखीकरणमा सम्वाद समुुहका संयोजक शुुक्रऋषि चौलागाईले सहजीकरण गर्नुु भएको थियो भने हिरिमिनियामा नेपालगन्ज उच्च अदालत बार एसोसियसनका अध्यक्ष बल बहादुुर चन्दले  सहजीकरण गर्नुु भएको थियो ।
प्रहरीहरुको समुदायमा शान्ती र सद्भाव कायम गर्न अहम भुुमिका रहने भएकोले प्रहरीहरुलाई समुदायमा सामाजिक सदभाव तथा शान्ती स्थापनाका लागि अभिमुखीकरण कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो ।
समुदायमा शान्ति स्थापना तथा सामाजिक सदभावको बाताबरण कायम गर्न प्रहरीको प्रमुख भुमिका हुुने हुुदाँ प्रहरीलाई नै अभिमुखीकरण गरिएको सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक राकेश कुुमार मिश्रले बताउनुुभयो ।
नेपालगन्जमा भएको अभिमुखीकरणमा डिएसपी राजेन्द्र प्रसाद अर्यालले प्रहरी सधै जनतासंग नजिक भएर काम गर्नुु पर्ने र मानव अधिकारको संरक्षणमा जोड दिनुु पर्ने बताउनुुभयो ।
अभिमुुखीकरणमा सहभागी प्रहरीहरु समुदायमा गएर नागरिकहरुलाई प्रहरी मैत्री बाताबरण र सामाजिक सद्भावको वातावरण सदैव बनाउन घरदैलो अभियान सन्चालन गर्ने कार्यक्रम रहेको सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक लक्ष्मी तिवारीले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १२ गते मंगलबार