जग्गाधनी र सरकारबीच बिवाद भएपछि घरभित्रैबाट बन्यो राजमार्ग, १६ तले भवनमा उच्चगतिको राजमार्ग



नेपालमा पनि जग्गा बिवादका कारण बेला बेला बिकास निर्माणमा समस्या आउने गरेको छ । खासगरि बाटो निमार्ण तथा बिस्तारको सवालमा नेपालमा यस्तो बिवाद हुने गरेको छ । नेपालको शहरी क्षेत्रमा बाटो बिस्तार गर्दा धेरैका ठुलाठुला भवनहरु भत्काउने गरेका उदारहण प्रशस्त छन । यो नौलो होईन तर जापानमा भने राजमार्ग निमार्णका क्रममा बिबाद भएपछि सरकारले घर जस्ताको तस्तै राखेर घरभित्रैबाट राजमार्ग बनाएको छ ।

जापानको ओसाकामा रहेको १६ तले गेट टावर भवन भित्रै उच्च गतिको राजमार्ग छ । भवनको पाचौं छैटौं र सातौ तलामा रहेको सो राजमार्ग लामोसमयदेखी चलेको जग्गाधनी र सरकारबीचको बिवादपछि खुलेको हो ।

देख्दा निक्कै आर्कषक देखिने सो भवन पहिले सानो थियो तर माझीहरुको समय देखि नै यो ठाउँमा काठ सम्बन्धी काम गर्ने कम्पनी रहेको थियो । सन् १९८८ मा सरकारको पुर्न्निमाण योजनासँगै यो ठाउँमा हाइवे वन्ने निश्चित भयो । तर जग्गा धनीहरुले सो योजना अस्विकार गरे ।

झण्डै ५ वर्षको वार्ता पछि समस्या समाधान भयो, भवन भित्रैवाट हाइवे लैजान दिने । त्यसपछि उक्त गेट टावर भवनमा व्यापार सामान्य रुपमै चलेको छ । हाइवेले भवनको कुनै पनि ठाउँमा छोएको छैन । त्यसैगरी हल्ला सुनिने र भवन थर्किने समस्या पनि छैन ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १२ गते आइतबार