तुलसीपुर ८ बटलपुरमा एक महिलाको शव फेला



तुलसीपुर ८ कार्तिक/ तुलसीपुर उपमहानगरपालीका वडा नं ८ बटलपुरमा रहेको मयालु सामुदायीक बनको हता भित्र एक महिलाकोे बेवारिसे शव फेला परेको छ । आज विहान ११ बजे तिर वन भित्र स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

शवको छेउमा एक शुसाईट नोट भेटीएको प्रहरीले जनाएको छ । शवको ३० मिटर उत्तर साईडमा एक पोईजनको डिब्बा पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शवको पहिचान हुन नसकेको र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक ८ गते बुधबार