सुर्खेत, ८ कात्तिक/ कात्तिक ३ गते सुर्खेतको सिम्ता स्थित बालीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
दुर्घटनामा घाइते भएका १९ वर्षीय फस्टराम नकालको भारतको लखनउमा उपचारकै क्रममा मृत्यु भएको हो । उनी पश्चिम रुकुमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का स्थायीबासिन्दा थिए ।
दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए । जाजरकोटबाट सुर्खेत जाँदै गरेको भे १ ख ७२२ नम्बरको बस कात्तिक ३ गते सुर्खेतको सिम्ता गाउँपालिका–४ बालीखोलामा १ सय मिटर भेरी किनारमा खसेको थियो ।
प्रकाशित मिति : २०७४ कात्तिक ८ गते बुधबार









प्रतिक्रिया दिनुहोस्