३१ असोज, कालिकोट । कर्णालीका अति दुर्गम र अभावग्रस्त क्षेत्रहरुलाई नै सरकारले पिछडिएको क्षेत्रबाट हटाएपछि जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।
पिछडिएको क्षेत्रका नाममा दिदै आएको राज्यको सेवा सुबिधा नपाइने भएपछि यहाँका नगारिकहरु झस्किएका छन् ।यस अघि सबै जिल्ला पिछडिएको क्षेत्रमा परेको कर्णालीमा यसपटक स्थानीय तह अनुसार सूचि तयार हुँदा धेरै सुगुम बनेपछि हचुवाको भरमा पिछडिएको क्षेत्र तोकिएको भन्दै जनप्रतिनिधिहरुले सरकारलाई सहयोग नर्गे चेतावनी समेत दिएका छन् ।
यस अघि पिछडिएको क्षेत्रमा सूचिकृत जुम्ला जिल्लाका कुनै पनि स्थानीय तह अहिले पिछडिएको क्षेत्रमा परेका छैनन् । तर, प्रदेश नं. ६ को सबै भन्दा सुगुम मानिएको सुर्खेतका दुई वटा गाउँपालिका पिछडिएको क्षेत्रमा परेका छन् ।
यस्तै कालिकोट जिल्लाका शान्नि त्रिर्वेणी, राष्कोट नगरपालिका, तिलागुफा नगरपालिका, पचालझरना गाउँपालिका र महाभैगाउँपालिका पिछडिएको क्षेत्रमा परेका छैनन् । जुन स्थानीय तहमा अभावग्रस्त दुर्गम क्षेत्रहरु रहेका छन् ।
न्यूनतम रुपमा सडक, बिजुलिबत्ति, स्वास्थ्य सुबिधा र खानेपानिको आपूर्ति नभएका यी स्थानीय तहहरुलाई नै पिछडिएको क्षेत्रको सूचीबाट हटाइएको भन्दै नागरिक स्तरबाट समेत विरोध भएको छ ।
सरकारले देशका केही सुबिधा सम्पन्न जिल्लाका नगरपालिकासहित गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखेर कर्णालीका दुरदराजका अभावग्रस्त क्षेत्रलाई पिछडिएको क्षेत्रको सूचिबाट हटाइनु राज्यको चरम लाप्रबाही र पूर्वाग्रही निर्णय भएको राष्कोट नगरपालिकाका प्रमुख काँसिचन्द बरालले बताए ।
यस्तै पिछडिएको क्षेत्रको मापदण्ड र सूचक बारे जानकारी दिई सरकारले कर्णालीका जनतालाई तत्काल जवाफ नदिए असहयोग गर्ने तिलागुफा नगरपालिकाका मेयर रतनबहादुर शाहीले बताए ।
यातायात, बिजुली बत्ती, फोन सेवा, स्वास्थ्य सेवामा समेत पहुँच नभएको र जिल्लाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको पचालझरना गाउँपालिका नै पिछडिएको क्षेत्रमा नपरेको भन्दै अध्यक्ष खडकराज सेजुवालले राज्यले प्रष्ट नपारे आन्दोलन गर्ने बताए ।
यता शान्नि त्रिर्बेणीका अध्यक्ष डम्बरबहादुर शाहीले सरकारले स्थानीय निकाय र जनतासँगको परामर्ष र छलफलविनै यो निर्णय गरेको भन्दै फिर्ता नलिए जनताले सरकारलाई असहज जवाफ दिने बताए ।
कर्णालीको सबैभन्दा विकट मानिने कालिकोट जिल्लाका पलाता क्षेत्रका राम्नाकोट, नानिकोट र बदालकोट सुख्खा ग्रस्तक्षेत्र घोषित भएका क्षेत्र हुन् ।









प्रतिक्रिया दिनुहोस्