19 September 2021  |   आइतवार, अशोज ३, २०७८

कोहलपुरमा कैलाश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४  

कोहलपुर, ३० असोज, मिसन समाचारदाता /आइतबारदेखि कोहलपुरमा कैलाश विकास बैंक लि.को ३९औं शाखा सञ्चालनमा आएको छ । शाखाको औपचारिक उद्घाटन नगरिएको भएपनि आइतबारदेखि
नै कोहलपुरमा सेवा शुरु गरिएको शाखा प्रवन्धक गौरव ढकालले बताए ।
कोहलपुर नगरपालिका–११ निवासी कृष्ण कोइरालाले जम्वो बचत खाता खोलेर बैंकको पहिलो निक्षेपकर्ता बनेका छन् भने सेवा सञ्चालन गरेकै दिन पहिलो दिनमा नै ५० जना सेवाग्राहीहरुले शाखामा खाता खोलेका छन् ।
आर्थिक वर्ष २०७४÷७५ मा २५ करोड सम्मको कारोबार गर्ने लक्ष्य राखेको प्रवन्धक ढकालले बताए । २५ वर्ष अघि पोखराबाट विकास बंैकको रुपमा सेवा सञ्चालन गरेको कैलाश बैंकको केन्द्रीय कार्यालय पुतली सडक काठमाण्डौंमा रहेको छ । राष्ट्रिय स्तरको ‘ख’ वर्गमा रहेको सो बैंकले १ करोडसम्मको सरल घरकर्जा १५ वर्ष समयावधिसम्म उपलब्ध गराउँदै आएको बताएको छ ।
बैंकले हाल आकर्षक ब्याजदरमा नारी बचत खाता, चिरायु बचत खाता, सुनौलो बचत खाता लगायतका खाताबाट निक्षेप सेवा सञ्चालन गरिरहेको शाखा प्रवन्धक ढकालले बताए ।

प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४     10:38:00 AM  |