25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

छाडा पशुचौपायका कारण दुर्घटना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २६, २०७४  

नेता देखि पत्रकार सम्म दुर्घटनामा परे

कविन्द्र परियार कोहलपुर, २६ असोज /  नेकपा एमाले कोहलपुर नगरकमिटीका सचिव खिलप्रसाद भुसाल ईलाका प्रहरी कोहलपुर अगाडि छाडा पशुसँग ठोक्किएर दुर्घटनामा परे । छाडा रुपमा रहेका पशुलाई बचाउन खोज्दा खोज्दै उनी दुर्घटनामा परे र दुर्घटनाबाट उनको कुमको हड्डी भाच्चिएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराए र थप उपचारका उनी काठमाडौ
पुग्नु प¥यो । हाल सम्म पनि उनले उपचार गराईरहेका छन् ।
त्यस्तै गत भदौ २८ गते नागरिक दैनिकका पत्रकार टेकेन्द्र बस्याल पनि साँझ ७ः३० बजे नेपालगञ्ज ट्राफिक चोक अगाडि छाडा पशुसँग मोटरसाइकल ठोकिदाँ घाइते बन्न पुगे । उनका
दुबै खुट्टामा चोट लाग्यो । उपचारपछि उनी फर्के ।
त्यस्तै असोज १९ गते नमस्ते कर्णाली साप्ताहिकका प्रकाशक सम्पादक अशोक भण्डारी नेपालगञ्जको कारकादो स्थित छाडा पशु एक्कासी मोटरसाइकलसँग ठोकिन आएपछि सो पशु लाई बचाउन खोज्दा उनी घाइते भए । उनका हात खुट््टा र कम्मरमा गम्भीर चोट लागेको छ उनले हाल नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेको बताए ।
यी त उदाहरण मात्र हुन् । कोहलपुर–नेपालगंज सडकखण्डमा छाडा पशुचौपायाका कारण साना तिना दुर्घटनाहरु भइरहेका छन् । छाडा रुपमा छोडिएका पशु चौपायाहरु रातीको समयमा सडकमा बस्न आउने, बाटो नछोड्ने तथा सवारी साधनमा ठोकिन आउने हँुदा दुर्घटना हुने गरेका छन् । खासगरी रातीको समयमा यस्ता दुर्घटना हुने गरेका चालकहरुले बताउँछन् ।
पछिल्लो समयमा छाडा पशु चौपायाको प्रभावकारी व्यवस्थापनहुन नसक्दा छाडा पशुचौपायाकै  कारण साना तिना दुर्घटनाहरु नियमित हुने गरेका पाइन्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख होमबहादुर थापाले छाडा पशुचौपायाका कारण नियमित रुपमा फाटफुट दुर्घटनाहरु हुने गरेको बताए । पछिल्लो समयमा नगरपालिकासँग समन्वय गरेर छाडा पशुहरु व्यवस्थापन गरिने र यसमा चौतर्फी सहयोग हुनुपर्ने प्रमुख थापाले बताए ।

प्रकाशित मितिः बिहिबार, अशोज २६, २०७४     9:04:48 AM  |