19 September 2021  |   आइतवार, अशोज ३, २०७८

वडा नम्बर ११ को कार्यालय उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४  

  

यान बि.साहु– कोहलपुर, २२असोज /   कोहलपुर नगरपालिका वडा नम्बर ११ को कार्यालय आइतबार उद्घाटन गरिएको छ । कार्यालयको एक कार्यक्रमका विच कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत र नगर विकासका अध्यक्ष अवराज खड्काले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख रावतले वडा कार्यालय स्थापना भइसकेपछि सानो–सानो कामको लागि पनि पहिले जस्तो गाविस र जिल्ला धाउनु नपर्ने बताए । स्थानीय सरकार वा जनप्रतिनिधि आइसकेपछि त्यो अन्त्य भइसकेको बताए । ‘पहिले जस्तो कुनै पनि सानो सानो काम प¥यो भने गाविस वा जिल्ला धाउनु पर्दैन, अब ती सबै काम वडा कार्यालय वा नगरपालिकाबाटै पाउन सकिन्छ’ उनले भने । यस्तै अब भीडभाड पनि कम हुने र काम पनि छिटोछरितो रुपमा सम्पन्न हुने वडा नम्बर ११ अध्यक्ष कर्णबहादुर थापाले बताए ।

स्थानीय सरकार तथा जनप्रतिनिधिहरु आइसकेपछि जिल्लामा हुने कामकाज वडा तथा नगरपालिकाबाट नै हुने भएपछि सेवाग्राहीहरुलाई सहज भएको हो ।
कोहलपुर नगरपालिकाका १५ वटा मध्ये हाल वडा नं.१ देखि ६ सम्म एनसिसिएन, ७ देखि १३ सम्म गोलपार्क र १४ देखि १५ सम्मको हवल्दारपुरबाट सेवा प्रदान गर्दै आइरहेको छन् । आइतबार मात्रै वडा नंं.११ को कार्यालय ७ देखि १३ सम्मको संयूक्त वडा कार्यालयबाट न्यूरोडको पूरानो गाविस भवन भएको घरमा  सारिएको हो ।

प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४     3:08:15 PM  |