23 September 2023  |   शनिबार, अशोज ६, २०८०

वाम एकता स्वागतयोग्य : महामन्त्री सिंह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४  

चितवन, असोज २१ - नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वाम एकता स्वागतयोग्य रहेको बताउनुभएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानका पक्षधर शक्ति एक हुनु राम्रो भएको भन्दै अहिले भएको बाम एकता स्वागतयोग्य रहेको बताउनुभएको हो । निर्वाचनमा मिलेर जानुपर्छ भन्ने भावना मात्रै होइन अब दीर्घकालीन एकता आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयाे, “तत्काल कम्युनिष्ट एक भएर एउटै कम्युनिष्ट पार्टी निर्माण हुने देखिदैन ।” वाम एकतापछि का‌ग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्ति पनि एक हुनलागेको भन्दै उहाँले राष्ट्रिय मुद्दामा सबै कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिनुभयो ।

अहिले पनि आफ्नो पार्टी संघीयताको विरोधी रहेको बताउँदै उहाँले स्थानीय निकायको निर्वाचनले मात्रै संघीयता स्थापित नहुने बताउनुभयो ।

एमाले र माओवादी दक्षिणपन्थी रहेको बताउँदै उहाँले अब यसलाई वास्तविक कम्युनिष्ट बनाउन सके मात्रै पार्टी एकतामा जान सकिने विचार राख्नुभयो ।

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     4:51:24 PM  |